नेपाल का एक चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी धेरै लामो समय देखि प्राध्यापनमा सक्रिय हुनु हुन्छ। करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय उहा राम्रो र खरो विचार राख्ने राजनीतिक विश्लेषकका रुपमा समेत आफ्नो पहिचान बनाउनु भएको छ। वर्तमान राजनीतिक घटना क्रमलाई राम्रै नियालिरहनु भएको उहाले राजनीतिमा भैरहेका घटन क्रममा समय समयमा आफ्नो विचार समेत राख्दै आउनु भएको छ।झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित गरिसक्नु भएका उन्लाए अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट समेत गरेका छन्। आफ्नो खरो विचार र सिधा कुरा राख्न प्रख्यात रहनु भएका उहाको कुरामा धेरैले सहमति समेत जनाउने गरेक छन्। नेता र राजनीति सम्बन्धि अहिले समयमा बिकसित घटना क्रममा बेला बेलामा उहाले आफ्नो विचार संचार माध्यममा राख्दै आउनु भएको छ। यसै क्रम मा आज उहाले अनलाइनटिभी नेपाल लाइ पनि आफ्नो विचार पोख्नु भएको छ। |
Nice
ReplyDeleteThanks!!
Delete